सोल-दुई दिनअघि कृत अवस्थामा भेटिएका दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क सुनको अन्त्येष्टी कार्यक्रम अनलाइन मार्फत गरिने भएको छ ।
कोरोना संक्रमणको त्रासका कारण उनको अन्त्येष्टी कार्यक्रम अनलाइन मार्फत गरिने भएको हो । सो सूचना उनको श्रद्दाञ्जली सभा आयोजकले आइतवार सार्वजनिक गरेको हो ।
हाल मेयर पार्कको दिवङ्गत शारीर श्रद्दाञ्जली अर्पणका लागि सोल राष्ट्रिय विश्वविद्यालय अस्पतालमा राखिएको छ ।
सोमवार उक्त स्थानबाट उनको मृत शरिर स्थानीय सिटी हलमा लगिने छ र बिहान ०८:३० बजे बाट श्रद्दाञ्जलीका लागि खुल्ला गरिने छ ।
श्रद्दाञ्जली सभा आयोजकका अनुसार एक पटकमा १०० जनालाई अनलाइन मार्फत श्रद्दाञ्जली व्यक्त गर्न सहभागी गराइने छ । पहिलो चरणमा उच्च पदस्त राजनितिक अधिकारी तथा परिवारका सदस्यहरुलाई श्रद्दाञ्जली सभामा सहभागी गराइने छ ।
उनको श्रद्दाञ्जली सभाको प्रत्यक्ष प्रशारण स्थानीय युट्युव च्यानल, रेडियो स्टेशन तथा टेलिभिजनबाट गरिने छ ।
हाल सम्म ११४८६ जनाले प्रत्यक्ष रुपमा श्रद्दाञ्जली दिएको तथा ६४०००० जनाले इन्टरनेटको माध्यमबाट श्रद्दाञ्नली दिएको व्यवस्थापकले जनाएका छन् ।
प्रत्यक्ष रुपमा श्रद्दाञ्जली व्यक्त गर्नेहरुको तापक्रम परिक्षण गरि निश्चित दुरी कायम गराइएको थियो भने सहभागीहरुलाई मास्क अनिवार्य गराइएको थियो ।
पार्क सोलमा तीन कार्यकाल मेयरको रुपमा निर्वाचित भएका थिए भने राष्ट्रपतिय चुनावका प्रत्यासीको रुपमा पनि उनलाई हेरिन्थ्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस