सोल-दक्षिण कोरियाली सरकारले दक्षिण कोरिया भ्रमण गर्न चाहाने स्वदेशी तथा विदेशी नागरिकहरुका लागि नयाँ नियम ल्याएको छ ।
नियम अनुसार अब कोरोना संक्रमित देशहरुबाट कोरिया प्रवेश गर्दा उडानको समय तालिकाको ४८ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने छ ।
सरकारले शुक्रवार उक्त नियम सार्वजनिक गरेको हो ।
दक्षिण कोरिया सरकारको पछिल्लो निर्देशनबाट बंगलादेश, कजाकिस्तान, पाकिस्तान लगायतका देशहरु बढी प्रभावित हुने छन् । कोरियाले प्रभावित देशहरुको सुची उसको सिमा प्रवेशमा पाइएका संक्रमितहरुको आधारमा तयार गरेको समाचारमा जनाइएको छ । सरकारले बढी जोखिम युक्त अन्य देशहरुको पुरा सुची भने सार्वजनिक गरेको छैन ।
सरकारी अधिकारीहरुका अनुसार बढी प्रभावित देशका आफ्ना राजदुतावासहरुमा सरकारले सुचना पठाइसकेको र उनीहरुले सोही सुचना अनुरुप भिसा उपलव्ध गराउने छन् ।
आफ्नो देशका राजदुतावासहरुले कोरोना परिक्षण गर्ने आधिकारीक क्लिनिक निर्धारण गरि परिक्षयण पश्चात मात्र प्रवेश अनुमति दिने समाचारमा जनाइएको छ ।
सरकारको पछिल्लो निर्णयबाट कोरियाका कृषकहरु बढी प्रभावित हुने देखिएको छ । कोरियामा अदक्ष जनशक्तिका रुपमा विदेशी कामदारहरुलाई कृषि क्षेत्रमा ल्याइने गरिएको र उनिहरु मुख्यतया दक्षिण पुर्वी एसियाका नागरिकहरु रहेका छन् । ती देशका नागरिकहरु कोरोना बढी प्रभावित क्षेत्रवाट आउने भएकाले समस्या उत्पन्न हुन सक्ने देखिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस