सोल-दक्षिण कोरियाको राजधानी सोलका मेयर शुक्रवार मृत फेला परेका छन् ।
प्रहरीका अनुसार यदि उनको मृत्यु आत्महत्याका कारण भएको भएमा देशकै उच्च पदस्त व्यक्तित्वको आत्महत्या हुने छ ।
यस अघि विरलै मात्र यसणता घटना घटेका छन् । ६४ बर्षिय मेयर पार्कको मृत शरिर हराएको केही घण्टा पश्चात माउन्ट बुकाकमा भेटिएको थियो ।
मेयर पार्कको मृत्युको कारण हालसम्म पत्ता नलागेको दक्षिण कोरियाली प्रहरीले जनाएको छ । प्रहरीमा पार्ककी छोरीले बिहिवार बेलुका करिव ५ः१७ मा आफ्ना बुबा हराएको जानकारी दिए लगत्तै कोरियाली प्रहरीले ७७० जना प्रहरी अधिकारी, दमकल, एम्बुलेन्स लगायतका श्रोत परिचालन गरेर उनको खोजी गरेको थियो ।
प्रहरीले उनको मोवाइलको सिग्नल देखिएका क्षेत्रहरु गिलसाङ्सा, सोङबुक लगायतका क्षेत्रमा व्यापक खोजी गरेको थियो । पार्कको फोन स्वीच अफ गरिएको अवस्थामा उनी सँगै रहेको पनि प्रहरीले जनाएको छ ।
यस अघि मेयर पार्कले बिहिवारको बैठकमा आफू अश्वस्थताका कारण उपस्थित हुन नसक्ने जानकारी कार्यालयका अधिकारीलाई दिए पश्चात उनका बिहिवारका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको थियो । बुधवार मात्र ‘ ग्रीन न्यु डिल’ नामक युवा रोजगार तथा वातावरण संरक्षण कार्यक्रममा सहभागी रहेका मेयरले विहिवार भने अस्वस्थ रहेको जानकारी गराएका थिए ।
स्थानीय सञ्चार माध्यमहरुले भने पार्कमाथि यौन दुराचारको अभियोग लागेको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन ।
सन् २०११ बाट राजधानी सोलको मेयर रहेका पार्कको यो अन्तिम कारणयकाल रहेको थियो । दक्षिण कोरियाका मानव अधिकारवादी संस्थाहरुले पार्क मानव अधिकारवादी व्यक्ति भएको बताएका छन् । उनलाई सन् २०२२ को राष्ट्रपतीय चुनावका आशलाग्दा उम्मेद्वारका रुपमा समेत हेरिने गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस