सोल-उत्तर कोरियाले पन्डुवी जहाजबाट मार हान्न सक्ने ब्यालेष्टिक मिसाइलको परिक्षण गर्न लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले बताएको छ ।
गत महिना मात्र उत्तर कोरियाले एक तस्विर सार्वजनिक गर्दै ब्यालेष्टिक मिसाइल हान्न सक्ने पनडुवि जहाजको विकास अन्तिम चरणमा पुगेको बताएको थियो ।
उत्तर कोरियाले यदि उक्त मिसाइल परीक्षण गरेमा त्यो अन्तराष्ट्रिय समुदायलाई नै ठूलो सुरक्षा चुनौति थपिने तथा उक्त कार्य संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका नितिगत सिद्धान्त विपरित रहेको दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाको थिङ्क ट्याङ्कका अनुसार उत्तर कोरिया पनि वार्ता चाहान्छ तर उसको हठ तथा आफ्नो कमजोरी तथा झुकाव व्यक्त गर्न नचाहाने प्रकृतिका कारण उसले कुनै न कुनै प्रोपोगाण्डा मार्फत अमेरिकाको ध्यान आफू तर्फ तान्न चाहान्छ । पछिल्लो मिसाइल परीक्षण गर्ने उसको कार्यक्रम पनि अमेरिकालाई वार्तामा बोलाउने एक तरिका भएको उसले बताएको छ ।
दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाली उक्त कदमले उसले पाउदै आइरहेको अन्तराष्ट्रिय अनुदानमा थप कडाई हुने बताएको छ । उत्तर कोरियाको उक्त परिक्षणबाट विगत ३ बर्षबाट भइरहेका वार्ता प्रयासमा धक्का पुग्ने पनि दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाली अधिकारीहरुले अब दक्षिण कोरियाली सरकारले आफ्नो सैन्य टोलीलाई उत्तर कोरियाका गतिविधिहरुको शुक्ष्म अध्ययन गर्दै प्रतिरक्षात्मक सैन्य क्षमता तयारी हालतमा राख्नु पर्ने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस