श्रीनगर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा जोडिएको विवादित क्षेत्रमा तैनाथ भारतीय सेनाको मनोबल उच्च बनाउन शुक्रबार त्यस क्षेत्रको स्थलगत भ्रमण गरेका छन् ।
गत महिना लद्दाख क्षेत्रको गलवान उपत्यकामा चिनियाँ सेनासँगको मुठभेडमा २० जना भारतीय सेनाको मृत्यु भएपछि दुबै देशबीच तनाबको अवस्था छ ।
दुई मुलुकबीच लामो समयदेखि विवादको रुपमा रहेको लद्दाखमा ४५ वर्षयता पहिलो पटक सबैभन्दा ठूलो संख्यामा भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त सैन्य मुठभेडका क्रममा केही चिनियाँ सैनिकको पनि मृत्यु भएको भारतले दाबी गरेको छ, तर चीन सरकारले यस बारेमा आधिकारिक केही बताएको छैन ।
भारतीय सेनाका प्रमुख प्रधानसेनापति सहित उक्त क्षेत्रमा पुग्नु भएका प्रधानमन्त्री मोदीले दुबै सेनाबीच मुठभेड भएको क्षेत्र नजिकको भारतीय सैन्य अखडामा पुगेर स्थलगत जानकारी लिएका थिए ।
त्यस अवसरमा भारतीय सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “यस विषम परिस्थितिमा तपाइँहरु भारतीय मातृभूमिका रक्षकहरुका रुपमा खटिनु भएको छ, तपाइँहरु मुलुकको रक्षाकवच हो ।”
उनले अगाडि भने, “भारतीय आमाका दूश्मनहरुले तपाइँहरुको शौर्य पक्कै देखेका होलान् ।”
चीनको नाम नलिई प्रधानमन्त्री मोदीले “विस्तारवादको युग सकिएको” बताउँदै “विस्तारवादले मानवतालाई कसरी विनाशको अवस्थामा पु–याउँछ भन्ने इतिहासले देखाइसकेको छ” भने ।
उनले भने, “भारतले जहिल्यै विश्वमा शान्तिको मार्ग अबलम्बन गरेको तर कमजोर पक्षले कहिल्यै शान्तिप्रतिको अग्रसरता लिन सक्दैन । बहादुरी र साहस शान्तिका लागि अनिवार्य शर्त हुन् ।”
चीन र भारत दुबैबीचको सम्बन्ध विगतदेखि नै त्यति प्रगाढ हुन सकेको छैन । दुबै पक्षले मुठभेडका लागि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । दुबै देशले यस क्षेत्रमा हजारौं थप सैनिक पठाइसकेका छन् ।
साथै, दुबै देशबीच सैन्य तहमा धेरै चरणमा वार्ताहरु भइसकेका छन् र झिनो प्रगतिमात्र भएको छ । सामाजिक संजालमा एकअर्का मुलुकविरुद्ध गालीगलौज हुन थालेपछि भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ ।
यी प्रतिबन्धहरु खासगरी प्रविधि र पूर्वाधार निर्माणका क्षेत्रतर्फ लक्षित छन् । भारतले निकै लोकप्रिय टिकटक समेत चीन प्रबद्र्धित ५९ वटा चिनियाँ मोबाइल एप्स भारतीय सुरक्षामा खतरा भन्दै भारतमा चल्न नसक्ने गरी बन्द गरिदिएको छ ।
चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् ।
भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्रको विषयलाई लिएर भारतमा उत्पन्न परिस्थितिका बारेमा चीनले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस