सोल – उत्तर दक्षिण सिमा क्षेत्र सुरक्षाका हिसावले अत्यन्तै संवेदनशील मानिन्छ । उक्त क्षेत्र पार गर्नु असम्भव प्राय मानिन्छ । सैनिकको कडा सुरक्षा निगारानी सहजै देख्न सकिने उत्तर दक्षिण सिमा क्षेत्र लकडाउन तथा उत्तर दक्षिण सिमा विवादका कारण थप निगारानीमा रहेको छ ।
कडा सिमा सुरक्षाका विच पनि केही उत्तर कोरियाली नागरिकहरु भागेर दक्षिण कोरिया आइपुगेका छन् । समाचार अनुसार यस बर्षको दोश्रो चौमासिकमा बर्षकै कम उत्तर कोरियाली नागरिकहरु लुकिछिपि दक्षिण प्रवेश गरेका हुन् ।
दक्षिण कोरियाली एकिकरण मन्त्रालयका अनुसार गत अप्रिल महिनामा सात जना उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आएका छन् । मे महिनामा उक्त क्रम जारी रहदै थप दुई जना तथा जुन महिनामा ३ जना गरि जम्मा १२ जना उत्तर कोरियाली नागरिकहरु दक्षिण कोरिया आएका छन् । मन्त्रालयका अनुसार उक्त दर सन् २००३ यताकै कम हो । यसै बर्षको पहिलो चौमासिकमा १३५ जना उत्तर कोरियाली नागरिकहरु दक्षिण कोरिया आएको पनि मन्त्रालयले बताएको छ ।
हालको विसम परिस्थिति, अन्य देशहरु सँग सम्पर्क विच्छेदको अवस्था, कडा सिमा सुरक्षा व्यवस्थापन, विश्वव्यापी लकडाउन जस्ता सिमा क्षेत्रमा कडाई हुने अनेकौ काम भइरहेको बेला ति नागरिकहरुको प्रवेश आश्चर्यजनक रहेको समेत मन्त्रालयले बताएको छ ।
मन्त्रालयले यस बर्ष कम्तिमा पनि ३५० जना उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आउन सक्ने आँकलन समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस