सोल-दक्षिण कोरियाको आर्थिक सवलिकरण तर्फको यात्रा जी-७ मा जापानले तगारो हालेको छ ।
पछिल्ला दिनहरुमा उसले कोरियालाई जी-७ राष्ट्रहरुको सुचीमा नराख्न अमेरिकासँग लविङ गरिरहेको समाचारमा जनाइएको छ ।
जापानको उक्त कदम दक्षिण कोरियाका लागि नौलो भने नभएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाको उत्तरसँग भइरहेको राजनितिक द्वन्दलाई आधार मानेर उसले आफू विरुद्ध लविङ सुरु गरेको दक्षिण कोरियाली अर्थविदहरुले बताएका छन् ।
जापानी समाचार संस्था क्योदो न्युजका अनुसार जापानले कोरियाको प्रवेशलाई समर्थन गर्ने छैन । जापानी उच्च सरकारी अधिकारीले ट्रम्पको चीन विरोधी निति अनुरुप आफूले उच्च आर्थिक हैसियत भएका मुलुकहरुको सुचीमा कोरियालाई समावेश नगर्ने निर्णयमा पुगेको बताएका छन् ।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरका लागि सारिएको जी-७ राष्ट्रहरुको महासभामा कोरिया, अष्ट्रेलीया, भारत तथा रसियालाई समेत सहभागी गराउने मनसाय प्रकट गरेका थिए । ट्रम्पले यी देशहरुलाई निम्ता दिएको यो पहिलो पटक हैन । उनले अब जी ७ लाई जी-११ अथवा जी -१२ बनाउने योजना रहेको समेत बताएका थिए ।
जापानको कोरियालाई जी ७ सम्मेलनमा सहभागी नगराउने निर्णय नौलो भने नरहेको दक्षिण कोरियाले प्रष्ट गरेको छ ।
उत्तर सँगको राजनैतिक सम्बन्ध तथा सिमामा भइरहेका अनेकौँ द्वन्दका घटनाले कोरियालाई जी-७ राष्ट्रको सुचीमा राख्न जापानले हिचकिचाहट गरेको अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस