सोल-सन् १९५०-५३ मा भएको दुई कोरिया विचको युद्धमा मारिएका १४७ जना दक्षिण कोरियाली सैनिकहरुको अवशेष दक्षिण कोरिया ल्याइएको छ ।
उत्तर कोरियाली क्षेत्रमा मारिएका उनीहरुको अवशेष गत बुधवार स्वदेश ल्याइएको हो ।
युद्धमा मारिएका सैनिकहरुलाई अमेरिकी सैनिकको स्क्याभेटरले पत्ता लगाएको थियो । डीएनए परीक्षण गर्न अमेरिका लगिएका उनीहरुको शरीरको अवशेष दक्षिण कोरिया ल्याइएको हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले युद्धको ७० औँ वर्षको अवसरमा देशका सच्चा हिरोहरुलाई देशमा भित्र्याउदा उच्च सम्मान अर्पण भएको बताएको छ ।
ती योद्धाहरुका अवशेषलाई दक्षिण कोरियाको राष्ट्रिय झण्डा ओढाएर स्वदेश ल्याइएको थियो ।
यस अघि पनि सन् २०१२ मा १२ जना, सन् २०१६ मा १५ जना तथा सन् २०१८ मा ६५ जना कोरियाली युद्धका योद्धाहरुका अवशेष प्राप्त गरि स्वदेश ल्याइएको थियो ।
कोरियाली अधिकारीहरुका अनुसार उक्त खोज अमेरिकी सैनिकले उनीहरुका हराएका सैनिक खोज्ने क्रममा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस