सोल-उत्तर कोरियाले दक्षिण कोरियालाई अमेरिकाको नोकर भएको आरोप लगाएको छ । शुक्रवार एक प्रोपोगाण्डा पम्प्लेट सार्वजनिक गर्दै उत्तर कोरियाले दक्षिण कोरिया माथि यस्तो आरोप लगाएको हो ।
कोरियाली प्रायद्वीपमा दशकौबाट भइरहेका द्वन्द निरुपण गर्न निर्णायक भुमिका नखेलेको तथा उत्तर दक्षिण सम्बन्धका बारे निर्णय लिन अमेरिकाको ईशारा पर्खिएको बताउदै उत्तर कोरियाले दक्षिणलाई अमेरिकाको नोकर भनेको हो ।
उत्तर कोरियाली रेडियो स्टेशन टङ्गील भ्वाईसले उत्तर कोरियासँगका हरेक रणनीति निर्माणमा दक्षिण कोरियाले अमेरिकाको सहयोग लिने गरेको आरोप समेत लगाएको छ ।
उत्तर कोरियाली सञ्चार माध्यमले यदि दक्षिण कोरियाले दुई कोरिया विचको सम्बन्ध निर्माणमा अमेरिकाको बुई चढ्दै गइरहेमा उसलाई गाली गर्नुको विकल्प नरहेको समेत स्पष्ट पारेको छ । उत्तरले भनेको छ, यदि यो कदम दक्षिणले नसच्याए उसलाई सम्पुर्ण कोरियाली जनताको श्राप लाग्ने छ ।
पछिल्ला दिनहरुमा दुई कोरियाको सिमा क्षेत्रमा उत्तर कोरिया विरुद्ध पर्चावाजी गरिए सँगै उत्तर कोरिया रुष्ट बनेको छ । उसले सोही घटनाका कारण दक्षिण सँगको सूचना केन्द्रलाई बन्द मात्र गराएन, ध्वस्त नै बनायो भने पछिल्ला दिनहरुमा सैन्य गतिविधि पनि बढाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस