सोल-दक्षिण कोरियाका रक्षा मन्त्री ज्योङ कियोङ डु तथा अमेरिकी रक्षा सचिव मार्क इस्परले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सन् २०१८ मा गरिएको सैन्य सम्झौतालाई अक्षरस्स पालना गर्न भनेका छन् ।
विहिवार संयुक्त वक्तव्य मार्फत उनीहरुले कम्युनिष्ट राज्य उत्तर कोरियालाई सम्झौता प्रति जिम्मेवार हुन भनेका छन् ।
सन् १९५०-५३ मा भएको कोरियाली युद्धको ७० औँ बर्षगाँठ पुगेको अवसरमा दुबै देशका उच्च अधिकारीहरुले उत्तर कोरियालाई आफूले गरेका वाचा प्रति कटिवद्ध हुन र जिम्मेवार भएर प्रस्तुत हुन समेत भनेका छन् ।
वक्तव्यमा उत्तर कोरियालाई आणविक हतियार मुक्त राष्ट्र बनाउन भइरहेका प्रयासलाई निरन्तरता दिने समेत उल्लेख गरिएको छ । उक्त वक्तव्यमा सेप्टेम्बर १९ मा गरिएको सिङ्गापुर सम्झौतालाई समेत गम्भिरतापूर्वक लउन भनिएको छ ।
कोरियाली प्रायद्वीपमा द्वन्दात्मक स्थिति सृजना भएको करिव एक हप्ता पश्चात यो दिन आएको बताउदै आगामी दिनहरुमा शान्तिपुर्ण तरिकाले अगाडी बढ्न समेत उनीहरुले भनेका छन् ।
पछिल्ला दिनहरुमा दुई कोरियाको सिमा क्षेत्रमा उत्तर कोरिया विरुद्ध पर्चावाजी गरिए सँगै उत्तर कोरिया रुष्ट बनेको छ । उसले सोही घटनाका कारण दक्षिण सँगको सूचना केन्द्रलाई बन्द मात्र गराएन, ध्वस्त नै बनायो भने पछिल्ला दिनहरुमा सैन्य गतिविधि पनि बढाएको छ ।
अबका दिनहरुमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्दै आर्थिक विकासको मार्ग तर्फ अगाडी बढ्नुपर्ने उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस