सोल- उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुको एक समुहले उत्तर कोरियासँगको सिमा क्षेत्रबाट नेता किम बिरोधी पर्चा पठाएका छन् ।
दक्षिण कोरिया सरकारले उक्त कार्यमाथि प्रतिवन्ध लगाए पनि आफूहरुले उत्तर तर्फ प्योङयाङ विरोधी पर्चा पठाएको उनीहरुले बताएका छन् ।
उत्तर कोरियामा नागरिक स्वतन्त्रता हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका मध्येका छ जनाले सोमबार मध्य रात ११ बजे उत्तर दक्षिण सिमा क्षेत्रको खान्गी प्रान्तको पाजु शहरबाट उत्तर कोरिया विरोधी पर्चा उडाएको दक्षिण कोरियाली सञ्चार माध्यम द कोरियन हेराल्डमा बताइएको छ । उक्त जानकारी समुहका प्रमुख पार्क साङ हाकले बताएका छन् ।
पार्कले दिएको जानकारी अनुसार ठूला ठूला २० वटा हिलियम बेलुनको साहायतामा उत्तर तर्फ पर्चा पठाइएको छ ।
उनका अनुसार बेलुनमा ५ लाखवटा उत्तर बिरोधि पर्चा जसमा ‘कोरियाली युद्धको सत्यता’ बारे लेखिएको छ, १ अमेरिकी डलर का २००० थान नोट, १००० थान एसडी कार्ड तथा ५०० ससाना पर्चाहरु पठाइएको छ । उनले प्रहरी गिरफ्तारीबाट बच्न राति बेलुन उडाएको तथा उक्त अभियानमा प्रहरीबाट बच्न नयाँ सदस्यहरुलाई समावेश गराईएको थियो ।
दक्षिण कोरियाली प्रहरीले मंगलवार विरोधीहरुले प्रयोग गरेका भनिएको मध्येको एक बेलुन खाङवन प्रान्तको हङचियोन गाउमा भेटिएको बताएको छ ।
उक्त स्थान प्रदर्शनकारीले उडाएको भनिएको क्षेत्र भन्दा करिव १०० किलोमिटर पुर्व तर्फ पर्दछ ।
प्रहरीले बरामत गरेको उक्त बेलुनको साथबाट ठूलो संख्यामा पर्चा समेत पाइएको छ । उक्त पर्चामा उत्तर कोरियाली तानाशाह किम जोङ उन, उनकी बहिनी किम यो जोङ तथा उनीहरुका हजुरबुबा किम इल सुङको तस्विर छापिएको छ । पर्चामा उनीहरुको चस्विर सँगै उत्तर विरोधी नारा समेत लेखिएको छ ।
उक्त घटना बारे बोल्दै दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने ति प्रदर्शनकारीहरुले बेलुन उडाएको समाचारमा सत्यता नभएको बताएको छ ।
यदि उनीहरुको समुहले उडाएको भएता पनि बेलुन उत्तर कोरिया नपुगेको उनको भनाई छ । मन्त्रालयले यदि बेलुन उडाएको पाइएमा ति उत्तर विरोधि अभियानका अभियान्ताहरुलाई कानुनी कारवाही गरिने समेत स्पष्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस