काठमाडौं-चीनको मोल्दो क्षेत्रको चुसुलमा भईरहेको भरत र चीन दुवै देशका उच्च सैनिक अधिकारीहरुको वार्ता सकारात्मक रुपमा अगाडी बढीरहेका बेला भारत सरकारले भने लद्धाख पुग्ने बाटोलाई अझ बढी सुविधा युक्त तरिकाले विकास गर्ने योजना अगाडी बढाएको छ ।
भारतका सिमा व्यवस्थापन विभागका सचिव सञ्जिभा कुमारले गल्यान हुदै लद्धाख जाने बाटोको सुदृढीकरण गर्न तथा लद्धाखलाई विकसित बनाउनु भारत सरकारको प्राथमिकतामा रहेको बताए।
उनले एलएसीको बारेमा रहेको अध्ययनलाई पुन अध्ययन गर्दै उक्त क्षेत्रको विकास नै उक्त क्षेत्रको सुरक्षा रहेको समेत स्पष्ट पारेका छन् ।
लद्धाखस्थित गल्याङ उपत्यकामा गएको हप्ता भारतीय तथा चिनिया सैनिकहरु बिच भएको मुठभेडमा २० भारतीय सैनिकहरुको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका थिए ।
भारतीय सैन्य श्रोतले कम्तिमा ४५ जना चिनिया सैनिक मारिएको दावी समेत गर्दै आएको छ ।
सैनिक अधिकारीले दिएको जानकारी अनुसार उक्त घटनामा घाइते भएका भारतीय सैनिकहरु खतरा मुक्त रहेको तथा उनिहरु यसै साताबाट आफ्नो नियमित काममा फर्कने छन् ।
घाइते मध्ये कसैमा पनि गम्भिर प्रकृतिको चोटपटक लागेको छैन ।
उक्त घटना पश्चात विज्ञहरुले समेत भारतले लद्धाख क्षेत्रमा सडक तथा हवाई सञ्जाल विस्तार गर्नुपर्ने बताएका छन् । भौतिक रुपमा सवल भएमा मात्र चीनिया सैन्य बल सँग जुध्न आफूहरु सक्षम हुने उनीहरुले बताएका छन् ।
सरकारले चीनसँगको सिमा क्षेत्रमा भइरहेका सडक निर्माण सँग सम्बन्धित गतिविधिहरु अत्यन्त सुस्त भएको बताउदै विज्ञहरुले कम्तिमा हाल भईरहेको निर्माण प्रगतिलाई दुई गुणा बढी गतिमा लैजानु पर्नेमा समेत जोड दिएका छन् ।
यस बर्ष भारत सरकारले चीनसँगको सिमा क्षेत्रमा रहेका सडक निर्माणका लागि ११,८०० करोड भारतीय रुपैयाको बजेट छुट्याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस