काठमाडौं-भारतीय सैनिकले चीनसँगको सिमा क्षेत्र -‘लाइन अफ एक्चुअल कन्ट्रोल’ एलएसीमा तैनाथ भारतीय सैनिकहरुको हतियार प्रयोग सम्बन्धित नियममा परिमार्जन गरेको छ ।
हालै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकलाई देशको सार्वभौमसत्ता रक्षा गर्नका लागि जुनसुकै तरिका अपनाउन निर्देशन दिए लगत्तै सेनाले हतियार प्रयोग समबन्धी नियम परिवर्तन गरेको हो ।
परिवर्तित नियम अनुसार अब भारतीय सैनिकले सिमा क्षेत्रमा विशेष तथा जटिल परिस्थिति सृजना भएमा फायर आर्म्स अर्थात विष्फोटक हतियार प्रयोग गर्न पाउने छन् । भारतीय सैनिकको उक्त नियम परिवर्तन मोदी सरकारले सिमा रक्षाका लागि दिएको पुर्ण स्वतन्त्रता पश्चात आएको हो ।
यस अघि सन् १९९६ तथा २००५ मा गरिएका सन्धिहरुमा एलएसीमा दुबै तर्फका सैनिकहरुले कुनै प्रकारका हतियारद्वारा फायरिङ नगर्ने उल्लेख गरिएको छ । सन्धिमा सिमा क्षेत्र भन्दा २ किमि वरपरको क्षेत्रमा कुनै पनि किसिमको विष्फोटक पदार्थको विष्फोटन गराउन नपाइने समेत उल्लेख गरिएको छ ।
भारतीय सैनिकले सिमा क्षेत्रमा आफ्नो फौजले नराम्रो क्षति वेहोरे पश्चात दशकौँ पुरानो सन्धिलाई एकतर्फी रुपमा परिमार्जन गरेको हो । लदाख स्थित गल्याङ उपत्यकामा गएको हप्ता भारतीय तथा चिनिया सैनिकहरु बिच भएको मुठभेडमा २० भारतीय सैनिकहरुको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका थिए ।
सैनिक अधिकारीले दिएको जानकारी अनुसार उक्त घटनामा घाइते भएका भारतीय सैनिकहरु खतरा मुक्त रहेको तथा उनिहरु यसै साताबाट आफ्नो नियमित काममा फर्कने छन् । घाइते मध्ये कसैमा पनि गम्भिर प्रकृतिको चोटपटक लागेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस