उत्तर कोरियाले भनेको छ- 'दक्षिण कोरिया हाम्रो शत्रु हो र शत्रुलाई सजाय दिने सहि समय यहि हो।'
सोल- उत्तर कोरियाले दक्षिण तर्फ सोल विरोधी नारा तथा तस्विर समेटिएका करिव १ करोड २० लाख पर्चा पम्प्लेटहरु ३००० बेलुनको साहायतामा दक्षिण तर्फ पठाउने तयारी गरेको छ ।
उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार उसले ती पर्चाहरु दक्षिण कोरियाको सिमा क्षेत्रबाट उडाउने भएको हो । समाचारमा भनिएको छ- ‘यो समय दक्षिण कोरियालाई सजाय दिने समय हो ।’
उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी सोलमा उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुले गरेको प्रदर्शन मथ्थर पार्न दक्षिण कोरियाले निर्णायक भुमिका नखेलेको आरोप लगाउदै दक्षिण बिरोधी पर्चा उडाउने चेतावनी दिइरहेको बेला उक्त समाचार बाहिर आएको हो ।
उत्तर कोरियाले भनेको छ- ‘हामीले देशका विभिन्न प्रिन्ट हाउसबाट १ करोड २० लाख पर्चा छाप्ने काम सकेका छौँ, अब तिनलाई विभिन्न क्षमताका ३००० बेलुनमाा राखेर उडाउने छौँ जसले दक्षिण विरोधी पर्चा दक्षिण कोरियाका गाउँ गाउँ सम्म पुर्याउने छन् ।’
उसले थप भनेको छ- ‘अब दक्षिणले सजाय पाउने बेला आएको छ ।’
पर्चा उडाउने यकिन मिति घोषणा नगरे पनि आगामी विहिवार उत्तर दक्षिण युद्धको ७० औँ बर्षगाँठ भएका कारण उक्त समयमा उत्तरले पर्चा उडाउन सक्ने अनुमान गरिएको छ ।
यता दक्षिण कोरियाले उत्तर कोरियालाई त्यस किसिमका गतिविधि नगर्न बार बार सम्झाएता पनि दक्षिणको अनुरोधलाई निरन्तर नकारीरहेको छ ।
उत्तरले भनेको छ- ‘दक्षिण कोरिया हाम्रो शत्रु हो र शत्रुलाई सजाय दिइन्छ ।’ उसले पर्चावाजी रोक्न दक्षिणले गरिरहेको अनुरोध उत्तरले ठाडै नकार्दै आएको छ ।
उत्तर कोरियाले दक्षिण कोरिया तर्फ उडाउन लागेका पर्चाहरुमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनको तस्विरलाई चुरोटका ठूट्टा तथा प्लाष्टिकको प्रयोग गरि कुरुप बनाइएको छ र त्यसमा दक्षिण विरोधि नारा लेखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस