नयाँ दिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको सिमा जोडिएको लद्धाख क्षेत्रको पछिल्लो अवस्था बारे जानकारी लिएका छन् ।
सुरक्षा परिषदका उच्च अधिकारीहरुको विशेष बैठक राख्दै उनले गल्याङ उपत्यकाको पछिल्लो सुरक्षा स्थिति बारे जानकारी लिएका हुन् ।
बैठकमा भारतीय रक्षा विभागका जेनरल विपिन रावतले पछिल्लो अवस्था बारे रक्षा मन्त्रीलाई जानकारी गराएका हुन् । बैठकमा एमएम नरभाने, जलसेना प्रमुख करमवीर सिंह, हवाई सेना प्रमुख आरकेएस भादौरिया लगायतको सहभागिता रहेको थियो ।
बैठक रक्षा मन्त्रीको रुस भ्रमणको एक दिन अगाडी भएका कारण पनि महत्वपुर्ण रहेको अधिकारीहरुले बताएका छन् । २० जना सैनिकको मृत्यु भएको तथा ७६ जना घाइते हुने गरि भएको उक्त सिमा विवाद पश्चात हुन लागेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
भारतीय रक्षा मन्त्री रुसको राजधानी मस्कोमा आयोजना हुन लागेको एक समारोहमा भाग लिन त्यहाँ जादै छन् । रुसले दोश्रो विश्वयुद्धमा जर्मनी माथि विजय प्राप्त गरेको ७५ औँ बर्ष पार गरेको अवसरमा आयोजना गरिन लागिएको विजय उत्सवमा आतिथ्यता ग्रहण गर्न उनी त्यता तर्फ जान लागेका हुन् ।
बैठकमा उनले देशको सार्वभौमसत्ताको रक्षा गर्न भारतीय सैनिकलाई आवश्यक जस्तो सुकै कदम चाल्न अनुमति दिइएको समेत रक्षा मन्त्रीले बताएका छन् ।
उनले हरेक राष्ट्रलाई आफ्नो सार्वभौमसत्ता र राष्ट्रीय अखण्डता प्यारो हुने बताउदै सो को लागि सरकारको पूर्ण समर्थन हुने समेत स्पस्ट पारेका छन् ।
पछिल्ला दिनहरुमा सैनिक उच्च अधिकारीहरुले वार्ता मार्फत समस्याको समाधान गर्न पहल गरिरहेकाले अवस्था अब सामान्य तर्फ जाने समेत उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस