सोल-उत्तर कोरियाले स-सानो संख्यामा आफ्ना फौजहरु दक्षिण कोरियासँगको सिमा क्षेत्रमा पठाउने गरेको छ ।
सिमा क्षेत्रमा रहेका सडक मर्मत गर्ने तथा उक्त क्षेत्रमा रहेका झाडीहरुको सरसफाई गर्न भन्दै उत्तर कोरियाले फौजलाई दक्षिणको सिमा क्षेत्रमा पठाउने गरेको छ ।
बेल्चा हँसिया बोकेका उत्तर कोरियाली सैनिकहरु सिमाको निषेधित क्षेत्र वरपर सक्रिय भएर सडक मर्मत तथा सरसफाईमा लागिरहेको देख्न सकिने दक्षिण कोरियाले जनाएको छ ।
यो घटना सामान्य भएता पनि पछिल्ला दिनहरुमा बढ्दै गएको तनावका कारण दक्षिण कोरिया सचेत भने रहनुपर्ने दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
दक्षिण कोरियामा भइरहेका उत्तर विरोधी गतिविधि तथा पर्चाबाजीका कारणले उत्तर कोरिया रुष्ट भएको तथा सोहीको नतिजा स्वरुप सैन्य निषेधित क्षेत्र नजिकै उसले सकृयता बढाएको हुन सक्ने अनुमान दक्षिण कोरियाली अधिकारीले गरेका छन् ।
उक्त घटना पश्चात उत्तर कोरियाले दक्षिण कोरियाली सिमा क्षेत्रका कुमगाङ तथा काइसोङ क्षेत्रमा सेना खटाउने धम्की समेत दिदै आएको छ ।
बंकरहरु आफ्नो देशको सिमा जोगाउन सैनिक बस्नका लागि नै बनाइएका हुन र त्यस्ता क्षेत्रमा सैन्य उपस्थिति देखिनु सामान्य भएता पनि हाल उत्पन्न परिस्थितिका कारण उत्तर कोरियाली सिमा क्षेत्रमा सजगता भने कायम गर्नु पर्ने दक्षिण कोरियाको धारणा रहेको छ । उसले जुन प्रयोजनका लागि सैन्य सकृयता बढाएको भएता पनि दक्षिण कोरिया सतर्क रहनुपर्ने दक्षिणका अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस