एजेन्सी – पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।
पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।
पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् ।
आइएसआई कमाण्डरको सङ्क्रमणका कारण मृत्यु
पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स-आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
पाकिस्तानी स्रोतहरूका अनुसार उनि आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।
बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर)भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस