नयाँ दिल्ली – लद्धाख क्षेत्रमा भइरहेका गतिविधिहरुलाई लिएर शुक्रवार आयोजित सर्वदलीय बैठकमा बोलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई विवादमा आए पश्चात सरकारले उक्त विषयमा आफ्नो भनाई सार्वजनिक गरेको छ ।
सरकारले मोदीको भनाईको आशयमा नगई सतही विश्लेषण गरेर जवरजस्ती विवादमा ल्याईएको बताएको छ ।
सरकारले भारतीय प्रधानमन्त्री मोदीले लद्धाख क्षेत्रमा भएको घटनाबारे पूर्ण जानकारी गराए पनि भारतीय कांग्रेसले अनावश्यक बखेडा झिकेको बताएको छ ।
लल्द्धाख क्षेत्रमा २० जना भारतीय सैनिकहरुको ज्यान जाने गरि १५ जुनमा भिडन्त भएको र उक्त घटना चीन लाईन अफ एक्चुअल कन्ट्रोलबाट हट्न नमानेपछि भएको भनि प्रधानमन्त्रीले स्पष्ट भनेता पनि कांग्रेसले अतिरञ्जित बनाएको सरकारले बताएको छ ।
यता भारतीय कांग्रेसले भने सरकारले उक्त क्षेत्रमा भएको घटनालाई लुकाउन प्रयास गरेको तथा सर्वदलीय बैठकमा विस्तृत जानकारी नदिएको आरोप लगाएको छ ।
बैठकमा बोल्दै भारतीय कांग्रेसकी अध्यक्ष सोनीया गान्धीले सरकार सामु विभिन्न प्रश्नहरुको चाङ लगाएकी थिइन् । सरकारले भने आफूले कुनै पनि जानकारी नलुकाएको तथा हाल उक्त क्षेत्र नियन्त्रणमा रहेको समेत स्पष्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस