नयाँ दिल्ली-भारत चीन सिमा विवाद भएको लद्दाखमा सैन्य मुटभेड भए पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले सर्वदलीय बैठक बोलाएका छन् ।
शुक्रवार बेलुका बोलाइएको बैठकमा भारतीय कांग्रेसकी प्रमुख सोनिया गान्धीले दुबै देश संयमित हुनुपर्ने बताएकी छिन् ।
उनले चीनलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न समेत भनेकी छिन् । परिस्थिति सामान्य नबनुन्जेल चीनलाई सीमा क्षेत्रबाट फर्कीन समेत अनुरोध गरेकी छिन् ।
चीनलाई अनुरोध गर्दै आफ्नो भनाई राख्न सुरु गरेकी नेतृ गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रति भने आक्रोश पोखि न् । उनले राज्य बिषम परिस्थितिबाट गुज्रीरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकार भने यथास्थितिबादी बनेर घटनालाई गुम्राहमा राख्न खोजेको आरोप समेत लगाइन् ।
गान्धीले मोदी नेतृत्वको सरकारले आफूहरुलाई अन्धकारमा राख्न खोजेको आरोप समेत लगाइन् ।
नेतृ गान्धीले सरकार सामु विभिन्न प्रश्न समेत उठाएकी थिईन । उनको प्रश्न थियो, चिनिया सेना कुन मितिमा लद्धाख प्रवेश गरे? चिनिया सेना आफ्नो भुभागमा प्रवेश गरेको सरकारले कहिले थाहा पायो ? के मे ५ मै चिनिया सेना लद्दाख प्रवेश गरेका थिए? सरकारले उक्त क्षेत्रको सेटालाइट तस्विरहरु हेर्ने गरेको छैन? इन्टेलिजेन्स विभाग के हेरेर बसेको छ?
उक्त बैठकमा प्रमुख राजनितिक दलका अलावा पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी तथा महाराष्ट्रका मुख्यमन्त्री उद्दव थाकरे लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठक श्रव्यदृष्यका माध्यमबाट सञ्चालन गरिएको थियो ।
बैठकमा कांग्रेस नेतृ गान्धीले सरकारले मे ५ बाट जुन ६ सम्मको अवधिमा कुनै काम नगरी २० जना सैनिकहरुको ज्यान लिएको बताइन् । उनले सरकारले बहुमुल्य १ महिनाको समय व्यर्थमा खेर फालेको आरोप समेत लागाएकी थिईन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस