सोल-दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरुमा उत्तर कोरियाले गरिरहेका गतिविधिहरुको कडा रुपमा भर्त्सना गरेको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारि विज्ञप्तिमा उत्तर कोरियाका गतिविधिलाई अर्थहीन तथा निन्दनीय भएको बताउदै सच्चिन चेतावनि समेत दिएको छ । हाल जारी गतिविधि जारी राखेमा सहेर नबस्ने समेत बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनले उत्तर कोरियाका गतिविधिलाई औचित्यहीन भएको बताउदै संयमित हुन भने लगत्तै उत्तर कोरियाका तर्फबाट किम जोङ उनकी बहिनी किम यो जोङले कडा प्रतिकृया दिएकि थिइन् ।
उनले मुनको प्रतिकृयालाई लाज पचेको तथा फूल दिएर फकाउने प्रयास भन्दै प्रतिकृया दिएकी थिईन् ।
मुनले उत्तर दक्षिण कोरिया सम्बन्ध पछाडी फर्कन नहुने बताउदै संवाद र सहकार्यबाट अझ सुमधुर बनाउनुपर्ने बताए पनि उत्तरले निरन्तर आफ्ना कटु वचनको सिलसिला जारी नै राखेको बताउदै हरेक घटना, परिघटनाको एक निश्चित सिमा हुने तथा सिमा नाघे पश्चात कोहि चुप लागेर नबस्ने समेत बताएका छन् ।
अब उत्तरले दुई देशको सम्बन्धमा दरार ल्याउने कुनै पनि गतिविधिलाई सहेर नबस्ने समेत स्पस्ट पारेको छ ।
उत्तर कोरियाले हालै ध्वस्त पारेको सम्पर्क केन्द्र प्रति लक्षित गर्दै दक्षिणले यौटा गम्भिर राजनैतिक गल्तिको संज्ञा दिएको छ ।
दक्षिणले भनेको छ, उत्तरको नाटकवाजी गर्ने पुरानै परम्परा भएता पनि अब ति नाटकले काम नगर्ने समेत स्पष्ट पारेको छ । किम जोङ उन हाल विश्वभर अविश्वसनिय नेताको रुपमा चिनिने गरेको बताउदै उनको छवि थप भयानक नबनाउन समेत दक्षिण कोरियाले चेतावनी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस