एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो ।
उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराएको बताइएको छ ।
उनले भारतका ग्रामीण तहा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिए ।
उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताएका छन् । तर भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउदै लैजानुपर्ने सुझाव दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस