सोल-उत्तर कोरियाले अमेरिकाबाट आफूलाई सुरक्षा खतरा बढेको भन्दै उसँग दीर्घकालीन रुपमा सुरक्षित रहन विश्वासिलो सुरक्षा दस्ता निर्माण गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भेट गरेको २ बर्ष पुगेको अवसरमा उत्तरले उक्त समाचार सार्वजनिक गरेको हो ।
उत्तर कोरियाली परराष्ट्र मन्त्री री स्वन ग्वनका अनुसार उत्तर कोरियाले अमेरिकालाई सम्बन्ध सुधार गर्न त्यहि बेला पर्याप्त समय दिएको थियो तर उसले उक्त समयको सही सदुपयोग गर्न नसक्दा टकराव बढेका कारण अब अमेरिकालाई त्यस्तो मौका कहिल्यै नदिने समेत बताएका छन् ।
उत्तर कोरियाले अमेरिकाले २ बर्ष अगाडी सिङ्गापुरमा भएका सन्धि सम्झौताहरुलाई लत्याएर अगाडी बढ्न खोजेका कारण अब उ सँग झुकेर फेरि वार्तामा बस्नुको औचित्य नरहेको समेत उनले बताएका छन् ।
उपलव्धिहीन राजनितिक प्राप्तिको कुनै औचित्य नहुने बताउदै अबका दिनहरुमा आफ्नो सैन्य सुदृढीकरण नै प्रमुख योजना रहेको पनि उनले बताएका छन् ।
उनले यो दुई बर्षको समयमा अमेरिकाले राजनितिक उपलव्धि बाहेक अन्य कुनै पनि उपलव्धि हासिल गर्न नसकेको बताउदै अमेरिकाले उत्तर कोरियाको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्ने कुरा कागजी प्रतिवद्धतामा मात्र सिमित रहेको उनले बताएका छन् ।
हालका दिनहरुमा अमेरिकाका व्यवाहारहरुका कारण उत्तर कोरिया थप संवेदनशील बनेको बताउदै उनले अबका दिनमा आफ्नो सैन्य क्षमता विस्तार गर्दै अमेरिका सँगको दिर्घकालीन द्वन्दका लागी पुर्व तयारी रहने समेत स्पष्ट पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस