न्यूयोर्क-संयुक्त राज्य अमेरिकामा प्रहरीले नियन्त्रणमा लिने क्रममा एक अश्वेत नागरिक जर्ज फ्लायोडको हत्या गरे पश्चात आन्दोलन चर्किएको छ ।
विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनिएको देशमा अझै सकृय रंगभेद व्याप्त रहेको तथा अश्वेत वर्गमाथिको अत्याचार अझै व्याप्त रहेको भन्दै अमेरिकामा ठूला ठूला प्रदर्शनहरु भइरहेका छन् ।
क्यानडामा पनि फ्लायोड हत्याको विरुद्धमा अश्वेत आन्दोलन चलिरहेको छ । पछिल्लो पटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले पनि अश्वेत आन्दोलन तथा अमेरिकी प्रहरीको वर्वरता विरुद्द आफ्नो समर्थन जनाएका छन् ।
शुक्रवार अमेरिकामा भएको अश्वेत आन्दोलन तथा अमेरिकी प्रहरीको वर्वरता विरुद्द क्यानडामा भएको आन्दोलनमा सहभागी हुँदै उनले आन्दोलनकारीको पक्षमा रहेको स्पस्ट पारेका छन् ।
क्यानडामा पनि अश्वेत नागरिक रहेको बताउदै उनले आफ्नो देशमा त्यस किसिमको बर्वरता कदापी हुन नदिने बताएका छन् । उनले ‘ ब्ल्याक लाइफ म्याटर्स’ लेखिएको टि-सर्ट हातमा लिदै आन्दोलन प्रति ऐक्यवद्धता समेत जनाएका छन् ।
उनको नेतृत्वमा भएको उक्त आन्दोलन अमेरिकी राजदुतावास अगाडी गएर कोण सभामा परिणत भएको थियो । त्यहाँ पुगे पश्चात ८ मिनेट ४६ सेकेन्ड सम्म सबै आन्दोलनकारी चुपचाप बसेका थिए । उक्त समय जर्ज फ्लायोडले प्रहरी सँग ज्यानको भीख मागेको समय हो ।
उक्त आन्दोलनमा क्यानडाका परिवार मन्त्री अहमद हुसेन पनि सहभागी थिए । उनले यो आन्दोलनमा अश्वेत मात्र सहभागी नभएको बताउदै समाजमा रहेको विभिदतालाई स्विकार्नु र त्यही विभिदतालाई सुन्दर बनाउनु अहिलेको अपरिहार्य आवश्यकता रहेको समेत औँल्याएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस