न्यूयोर्क-संयुक्त राज्य अमेरिकामा प्रहरीले नियन्त्रणमा लिने क्रममा एक अश्वेत नागरिक जर्ज फ्लायोडको हत्या गरे पश्चात आन्दोलन चर्किएको छ ।
विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनिएको देशमा अझै सकृय रंगभेद व्याप्त रहेको तथा अश्वेत वर्गमाथिको अत्याचार अझै व्याप्त रहेको भन्दै अमेरिकामा ठूला ठूला प्रदर्शनहरु भइरहेका छन् ।
फ्लायोडको हत्या अव अन्तराष्ट्रिय विषय बनेको छ । हाल उनले तथा समग्र अश्वेत वर्गले न्याय पाउनु पर्ने भन्दै विश्वभर आन्दोलन सुरु भएका छन् ।
पछिल्लो समयमा दक्षिण कोरियाको राजधानी सोलमा विभिन्न अधिकार कर्मीहरुले फ्लायोड तथा सम्पुर्ण अश्वेत वर्गले न्याय पाउनु पर्ने माग राख्दै र्याली आयोजना गरेका छन् । ‘ व्ल्याक लाइफ म्याटर्स’ लेखिएका प्लेकार्ड बोकेका अधिकारकर्मीहरुले र्याली सहित म्यङदङ क्षेत्र परिक्रमा गरेका थिए ।
र्यालीका आयोजक सिम जी हुनका अनुसार यो मुद्दा अमेरिकाको मात्र नभई कोरिया जस्ता बहु पहिचान बोकेका मानिसहरु बस्ने क्षेत्रमा सामाजिक व्यवस्थामा खलल हुन नदिन गरिएको खबरदारी समेत हो ।
पछिल्ला दिनहरुमा दक्षिण कोरियाली प्रसिद्द के-पप व्याण्डले समेत फ्लायोड हत्याको विरोधमा सामाजिक अभियान सुरु गरे पश्चात यो आन्दोलन सुरु भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस