सोल-हालैका दिनहरुमा दक्षिण कोरियामा रहेका उत्तर कोरियाली तथा उत्तर कोरिया विरोधिहरुले प्योङयाङ विरुद्ध विभिन्न प्रदर्शन जारी राखेका छन् ।
उक्त प्रदर्शनसँग सम्बन्धित समाचारहरु बाहिर आए सँगै उत्तर कोरिया दक्षिण कोरिया सँग क्रुद्ध बनेको छ । उत्तर कोरियाको आधिकारीक सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार दक्षिण कोरियाले उत्तर कोरिया विरोधि गतिविधि बन्द नगरे त्यसबाट उत्पन्न सम्पुर्ण घटनाको जिम्मेवारी लिनु पर्ने समेत जनाएको छ ।
किम जोङ उनकी बहिनी किम यो जोङले एक वक्तव्य जारी गर्दै दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पनि उसैले लिनुपर्ने भनिएको छ ।
बक्तव्यमा भनिएको छ, ‘यदि दक्षिण कोरियाले ति गतिविधिहरुमा नियन्त्रण नगरे जेउङमाङ्ग हिमाल तर्फको पर्यटकीय यात्रा पनि पुर्ण रुपमा बन्द गरिने छ ।’
किम यो जोङको भनाइ अनुसार यदि दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा दुइ देश बिच सम्पर्क स्थापित गर्ने सम्पर्क केन्द्र समेत बन्द गरिने छ । उत्तर कोरियाले दक्षिण कोरिया सँग सन् २०१८मा भएको सैन्य सम्झौता खारेज गर्ने समेतको चेतावनी दिएको छ ।
उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुलाई उक्साई उत्तर विरोधि गतिविधिमा संलग्न गराईएको, उत्तर कोरियाको विरोध जनाईएका नारा अंकित बेलुनहरु सिमा क्षेत्रमा उडाउने लगायतका गतिविधि हाल दक्षिण कोरियाबाट भइरहेको बताउदै समयमै उक्त समस्याको समाधान नगरे उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मेवार रहन समेत उत्तर कोरियाले चेतावनि दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस