सोल-अमेरिकामा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जॉर्ज फ्लोयडको मृत्यु भए पश्चात अमेरिकामा मात्र नभई विश्वका विभिन्न देशहरुमा जॉर्जले न्याय पाउन पर्ने माग राख्दै प्रदर्शनहरु भइरहेका छन् ।
दक्षिण कोरियामा पनि उनले न्याय पाउनु पर्ने माग राख्दै अमेरिकामा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाइने भएको हो ।
दक्षिण कोरियामा रहेका नागरिकले भने आन्दोलनको स्वरुप परिमार्जन गरेर आन्दोलन गर्ने भएका हुने । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरि विरोध गर्दै मृतकले न्याय पाउनुपर्ने तथा रङको आधारमा कसै माथि पनि विभेद गर्न नपाइने भन्दै भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउने भएका हुन् ।
आन्दोलनमा सहभागीहरुले आफ्नो टि–सर्टमा व्ल्याक लाइफ म्याटर्स लेखिएको फोटो सामाजिक सञ्जालमा ह्यास ट्याग #BlackLivesMatter र #GeorgeFloyd सहित पोष्ट गर्ने छन् । त्यसैगरि उनीहरुले “I can’t breathe” तथा “Black Lives Matter” पनि क्याप्सनमा लेख्ने छन् । यि माथि उल्लेखित ह्यास ट्यागहरु कोरियाली तथा अंग्रेजी दुबै भाषामा लेखिने छन् ।
विरोध आयोजकका अनुसार उक्त आन्दोलन भोलि शनिवार सञ्चालन गरिने छ ।
दक्षिण कोरियामा अंग्रेजी भाषा अध्यापन गरिरहेका एक शिक्षकका अनुसार अमेरिकामा अश्वेत भएकै कारण यसरी सिकार भएका जर्ज पहिलो नागकि नभएको र त्यहाँ काला जातिमाथि अत्याचार हाल सम्म पनि व्याप्त नै रहेका कारण यो आन्दोलन उक्त हिंसाको दीर्घकालिन अन्त्यका लागि गरिन लागिएको हो ।
उनका अनुसार हाल सम्म ९०० जनाले माथि उल्लेखित ह्यास ट्याग सहितका टि–सर्टहरुको अग्रिम बुकिङ गरिसकेको तथा अन्यहरुले पनि अन्य तरिकाले आन्दोलनमा ऐक्यवद्धता जनाउने भएका कारण यसको प्रभाव सकारात्मक रहने उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस