वासिंगटन डीसी- अमेरिकी शहर डेनभरका प्रहरी प्रमुख अश्वेत बर्गका मानिसको मृृत्यु पश्चात सुरु भएको आन्दोलनमा साथ दिन पुगेका छन् ।
प्रहरी प्रमुख पल पाजेन आन्दोलनकारीको ‘अार्म अन आर्म ‘ आन्दोलनमा सहभागी भएका छन् ।
सिएनएनसँगको कुराकानीमा प्रहरी प्रमुख पाजेनले आफूलाई यस आन्दोलनको नारा मन परेको तथा आफू तथा प्रहरी संगठनमा सुधार गर्नु पर्ने पक्ष धेरै रहेका कारण आन्दोलनमा सहभागी भएको बताएका छन् ।
प्रहरी प्रमुख पाजेनलाई प्रदर्शनकारीको गिरफ्तारिको विषयमा सोधिएको प्रश्नमा आफू विनासकारी प्रदर्शनको विपक्षमा तथा शान्तिपुर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
हिंसाप्रति शुन्य शहनशीलता अपनाउने कुरामा आफू यकिन भएको बताउदै उनले हिंस्रक प्रदर्शनलाई निरुत्साहित गरिने समेत स्पस्ट पारेका छन् ।
आफू सदैव पारदर्शीताको पक्षधर रहेको बताउदै उक्त घटनामा जिम्मेवार ठानिएका प्रहरी अधिकारीलाई बर्खास्त गरि कानुनी कारवाहीका लागि प्रकृया अघि बढेको समेत जानकारी दिएका छन् ।
अमेरिकामा प्रहरी नियन्त्रणमा एक अश्वेत वर्गका व्यक्तिको मृत्यु पश्चात आन्दोलन चर्केको छ । आन्दोलन चर्के सँगै सरकारले कानुन परिमार्जनको कसरत थालेको छ भने देशका ४० बढी शहरहरुमा कर्फ्यु समेत लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस