नयाँ दिल्ली- भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।
आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ । चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भने, “चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।”
हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् । भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले सिन्ह्वासँग भने, “हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पु¥याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस