सोल-दक्षिण कोरियाले उत्तर कोरियालाई ४.९ मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने त्यहाँको एकिकरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त रकम उत्तर कोरियामा विश्वव्यापी तथ्याङ्क प्रविधिको बारेमा त्यहाँका नागरिकहरुलाई सुसुचित गर्ने उद्देश्य सहित संयुक्त राष्ट्रसंघिय कार्यक्रम मार्फत प्रदान गरिने छ ।
संयुक्त राष्ट्रसंघ अन्तरगतको सामाजिक तथा आर्थिक कार्यक्रमको एसिया प्यासिफिक क्षेत्र हेर्ने युनेस्क्यापको संयोजकत्वमा सो रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त सहयोग रकम आगामि ६ बर्ष भित्रमा खर्च गरिसक्नु पर्ने छ । यस बर्षका लागि भने ७,२० हजार अमेरिकी डलर छुट्याइएको मन्त्रालय श्रोतले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल सम्म पनि उत्तर कोरियाले विश्व स्तरको तथ्याङ्क प्रविधिको अवलम्बन गर्न नसकेको बताउदै यो सहयोगको उद्देश्य उत्तर कोरियालाई विश्व स्तरको तथ्याङ्क तयार गर्न सक्षम बनाउने रहेको पनि बताएको छ । त्यस्तै सो सहयोग दीगो विकासका क्षेत्रमा समेत खर्च गरिने बताइएको छ ।
मन्त्रालयका अनुसार उक्त कार्यक्रम पश्चात उत्तर कोरियाको तथ्याङ्क प्रविधिमा नयाँ आयाम आउने तथा उत्तर कोरिया सँग दक्षिण कोरियाको संयुक्त व्यापार प्रवद्र्धनमा समेत सहयोगि हुने मन्त्रालयको विश्वास रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस