सोल-दक्षिण कोरियामा कोरोना संक्रमण रोकथाम गर्न विभिद नियमहरु बनाइएको छ । पछिल्लो पटक क्वारेन्टाइन नियम नमान्नेलाई नगद तथा जेल सजाय हुने प्रावधान समेत लागु गरिएको छ ।
सोही प्रावधान अनुरुप क्वारेन्टाइन नियम नमान्ने एक व्यक्तिलाई कोरियामा चार महिनाको जेल सजाय सुनाइएको छ । समाचार अनुसार कोरोना संक्रमण सुरु भए यता नियम नमान्नेलाई जेल पठाइएको यो पहिलो घटना हो ।
किम थर भएका २७ बर्षिय कोरियाली नागरिकलाई सरकारले अनिवार्य १४ दिने क्वारेन्टाइनमा पठाएको थियो । उनी सेन्ट मेरि हस्पिटलबाट संक्रमण उपचार पश्चात सेल्फ आइसोलेशनमा बस्नु पर्नेमा अटेर गरेर नियम विपरित सामाजिक जिवन विताइरहेका थिए ।
उनी डिस्चार्ज पश्चात विभिन्न क्षेत्रमा भ्रमण गरेका थिए ।
घटना लगत्तै किमकी आमाले प्रहरी समक्ष सजाय मिनाहाका लागि अपिल गरृकी थिइन् भने किमले पनि सोही प्रकृतिको अपिल गरेका थिए ।
अदालतले भने किमले गरेको अपराधको कडा भन्दा कडा सजाय हुनपर्ने ठहर गर्दै संक्रमण ऐन अनुसार कारवाही गरिने जनाएको हो ।
उनी सँगै अर्का एक व्यक्ति पनि जेल जाने भएका छन् । ६८ बर्षिय ती मानिसलाई पनि जुन १६ तारिखमा अदालत उपस्थित गराइदै छ ।
उनलाई ६ महिनाको जेल सजाय हुने पनि सञ्चार माध्यमहरुमा समाचार आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस