वासिङ्टन-संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ ।
अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजिल पुगेका या पछिल्लो १४ दिनयता ब्राजिल भएर यात्रा गरेका नागरिकलाई अबदेखि अमेरिका प्रवेश गर्न दिइने छैन ।
अमेरिकामा कोभिड १९ को प्रकोप रोक्नका लागि अमेरिकाले यो नीति अख्तियार गरेको जानकारी दिइएको छ । अमेरिकाले नागरिकहरूलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले जनाएका छन् ।
दक्षिण अमेरिकी देश ब्राजिलमा साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो देश संक्रमणको हिसाबले विश्वको दोस्रो ठूलो केन्द्र बन्न पुगेको बताइएको छ ।ब्राजिलमा २२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।
यस्तो प्रतिबन्धलाई अमेरिकामा नयाँ संक्रम्रमण भित्रिन नदिनका लागि गरिएको प्रयासका रुपमा मात्र लिनुपर्ने अमेरिकाले अथ्र्याएको बताइएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता कालेह म्याकन्यानीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिनुभएको हो । हालैको यो नयाँ प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर नगर्ने पनि ह्वाइट हाउसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो प्रतिबन्धले अमेरिकी नागरिकहरुका साथै उनीहरूका परिवार, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका उनीहरुका दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन ।
अत्यावश्यक भएर अमेरिका प्रवेश गर्नेहरुलाई पनि स्वास्थ्यका तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने भएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस