सोल-दक्षिण कोरियाको सबैभन्दा ठूलो तथा कोरियाली राष्ट्रिय ध्वजा वाहक कोरियन एयरवेजले भोलिबाट आफ्ना सबै आन्तरिक तथा अन्तराष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुमा फेस मास्क अनिवार्य गरेको छ ।
विमान कम्पनिका अधिकारीहरुका अनुसार उसले अन्तराष्ट्रिय विमान कम्पनि सञ्चालकहरुसँगको सहकार्यमा सो नियम बनाएको जनाएको छ ।
युनाइटेड एयरवेज, अमेरिकन एयरवेज लगायतका प्रतिष्ठित अन्तराष्ट्रिय विमान सञ्चालक कम्पनिहरुको संयुक्त छलफल पश्चात विमान यात्राका नयाँ नियमहरु बनाइएको हो ।
विमानमा यात्रा गर्ने सबै यात्रुहरुले मास्कको प्रयोग गर्नु अनिवार्य शर्त भएको बताउदै कम्पनिका एक अधिकारीले यो नियम आन्तरिक तथा अन्तराष्ट्रिय दुबै उडानहरुमा लागु हुने समेत बताएका छन् ।
उनले यो कोरोना संक्रमण रोकथामको प्रयास भएका कारण सबै नागरिकहरुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
यसै महिनाको सुरुवातमा अन्तराष्ट्रिय विमान सञ्चालक समितिले सम्पुर्ण यात्रुहरुलाई अनुहार ढाक्ने पोशाक तथा मास्कको प्रयोग गर्न भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस