वासिङ्गटन डीसी- अमेरिकाको टेक्सस राज्यको क्रोपस कृष्टी भन्ने ठाउँमा एक कोरोना संक्रमित सम्भावित व्यक्तिलाई पक्राउ गर्ने दर्जन बढी सुरक्षा अधिकारीहरु क्वारेन्टाईनमा बसेका छन् ।
सम्भावित संक्रमितले भाग्ने प्रयास गरेपछि उनलाई समात्ने क्रममा ५ प्रहरी अधिकारी तथा शहरी कारागार केन्द्रका ७ जना अधिकारी गरि १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सम्भावित संक्रमितलाई एक खाद्य स्टोरमा भेटेपछि प्रहरी टोली पक्राउ गर्न गएको थियो । उनी भाग्न लागेपछि प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरीका अनुसार कसैले पनि पिपिई नलगाएका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
के कारणले ति संकास्पद व्यक्तिलाई पक्राउ गरियो र किन प्रहरी समक्ष पक्राउ गर्न उजुरी गयो भन्ने बारे प्रहरीले केही पनि बताएको छैन । हाल उनलाई शहरको कारागारमा राखिएको थियो भने उनमा कोरोना संक्रमण प्रमाणित भइसकेको र हाल उनलाई अस्पताल पठाइएको छ ।
उनलाई गिरफ्तार गर्न गएका प्रहरीहरुको कोरोना संक्रमण परिक्षण भइसकेको र केहीको नतिजा आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । नतिजा नेगेटिभ आए पनि १४ दिन उनीहरुलाई क्वारेन्टाइनमा नै राखिने प्रहरी श्रोतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस