सोल-अमेरिकाको राज्य सरकारले आतङ्कवाद विरुद्धको लडाइमा असहयोग गरेको भन्दै उत्तर कोरिया सहित ४ अन्य देशहरुलाई ‘असहयोगी राष्ट्र’ को सुचीमा सुचिकृत गरेको छ ।
यसका साथ साथै अमेरिकाले ती देशहरुमा सुरक्षासँग सम्बन्धित उपकरण तथा साधनको विक्री वितरणमा समेत रोक लगाएको छ ।
अमेरिकाले उत्तर कोरियालाई सो सूचीमा सन् १९९७ बाट राख्न सुरु गरेको हो । ततपश्चात अमेरिकाको उक्त सूचीमा उत्तर कोरिया निरन्तर परिरहेको छ । सन् २०१९ बाट ईरान, सिरिया, भेनेजुवेला तथा क्युवा समेत समावेश भएका छन् । अमेरिकामा सो सुची हतियार निर्यात नियन्त्रण ऐन अनुसार तयार गरिन्छ ।
अमेरिकी अधिकारीहरुका अनुसार सन् १९७० मा जापानको एक वायुसेवा कम्पनिको विमान अपहरण मुद्धा लागेका ४ जना जापानी नागरिकहरु उत्तर कोरियाले लुकाएर राखेको उसले पत्रकार सम्मेलनमा नै जानकारी दिएको छ । जापान सरकारले पनि आफ्नो देशका १२ जना संदिग्ध अपराधिहरु सन् १९७०/८० बाट नै उत्तर कोरियामा रहदै आएको जनाएको छ ।
अमेरिकाले उत्तर कोरियालाई कालो सुचीमा राखेको घटनाले उत्तर कोरियालाई भने असर नगर्ने बताइन्छ । उस माथि पहिलेबाट नै विभिन्न राष्ट्रहरुको नाकाबन्दी रहेका कारण यो सुचिकरणले खासै महत्व भने नदिने विज्ञहरु बताउछन् ।
अमेरिकाले उत्तर कोरियालाई आतङ्कवादको प्रायोजकको संज्ञा समेत दिइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस