सोल-दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से क्युङले इथेवन क्लवबाट कोरोनाको सामुदायिक संक्रमण सुरु भएका कारण ती क्षेत्रमा भ्रमण गर्ने ग्राहकहरुप्रति आक्रामक प्रतिकृया दिएका हुन् ।
उनले यदि कोरोना संक्रमण परीक्षणमा सरकारी सुचना, निति तथा नियमको वेवास्ता गरिएको पाईएमा संक्रमण नियन्त्रण एन अन्तरगत कडा भन्दा कडा कारवाही गरिने चेतावनी दिएका हुन् । सोमबार एक सुचना प्रकाशित गर्दै उनले बारमा गएका सबैलाई यथाशिघ्र परिक्षणमा आउन पनि भनेका छन् ।
सो क्लव संक्रमणसँग सम्बन्धित संक्रमितहरुको संख्या ७५ पुगे सँगै प्रधानमन्त्रीको सो भनाई आएको हो । हाल ईथेवनका क्लवमा भ्रमण गरेका मानिसहरु यत्रतत्र फैलिसकेको बताउदै उनले अविलम्ब क्वारेन्टाईन नियम पालना गर्दै परिक्षणमा आउन भनेका छन् ।
हालसम्म ती स्थानमा भ्रमण गरेका मध्ये आधा मानिसहरु पनि परीक्षण तथा सम्पर्कमा नआएको बताउदै उनले यथाशिघ्र सम्पर्कमा आउन भनेका छन् ।
क्युनले अब सोल र शंकास्पद स्थानहरुमा र्यापिड परिक्षणको दायरा फराकिलो बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।
करिव १ हप्ता सम्म कोरोना संक्रमण शुन्य बनाएर सामान्य जनजिवन सुरु गरेको कोरियामा यो नयाँ संक्रमणले पुन: त्रास फैलाएको छ ।
सोलका मेयरका अनुसार ति बारहरुमा सञ्चालन यता ५५१७ जनाले भ्रमण गरेको तर सम्पर्कमा भने जम्मा २४०५ जना मात्र आएको बताउदै सरकारले सबैको नामावली संकलन गरिसकेको समेत बताएका छन् । यदि कसैले झुटो विवरण दिएको पाइए कडा भन्दा कडा कारवाही गरिने पनि उनले बताएका छन् ।
सरकारले संक्रमण फैलिए सँगै सबै प्रकारका क्लव तथा बारहरु बन्द गर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस