सोल-उत्तर कोरियाली राजधानी प्योङयाङ नजिकै ३.८ म्याग्निच्युडको भुकम्प गएो छ । सो भुकम्प राजधानी प्योङयाङबाट करिव ३७ कि मी उत्तर पश्चिमको एक शहरी क्षेत्रमा गएको दक्षिण कोरियाली मौसम तथा भुगर्भ विभागले जनाएको छ ।
स्थानीय समय अनुसार बेलुका करिव ७:४५ बजे सो भुकम्प गएको विभागले जनाएको छ । उत्तर कोरियामा भुकम्पका स-साना धक्का प्राय गइरहने पनि विभागले जनाएको छ ।
प्राकृतिक रुपमै भुकम्प गएको हुन सक्ने उक्त भुकम्पको सुरुको मापनमा ४.० म्याग्निच्युड भनिए ता पनि पछि सच्याएर ३.८ बनाइएको थियो । भुकम्पमा केही क्षति भए नभएको भन्ने बारे कुनै समाचार बाहिरिएका छैनन् ।
यता दक्षिण कोरियाले भने उत्तर कोरियामा गएको भनिएको उक्त भुकम्प बारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।
यसअघि पनि उत्तर कोरियाले आणविक परिक्षण गर्दा ४.२ म्याग्निच्युड सम्मका भुकम्पका धक्का महसुस गरिएका थिए ।
विगतका कृयाकलापहरुका आधारमा आज गएको भुकम्प बारे पनि यकिन भन्न नसकिने र उसले परीक्षण गरेको पनि हुन सक्ने दक्षिण कोरियाली विज्ञहरु बताउदछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस