क्यानबेर्रा- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।
प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका छन् ।
पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताएका छन् ।
कोभिड १९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उनले जनाएका छन् ।
यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताएका छन् ।
रकारले सर्वाजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ । तेस्रो चरणमा अस्टे«लियाको जनपजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस