टोकियो- जापान सरकारले कोरोनाका विरामीहरुको उपचारार्थ एण्टी भाइरल औषधि रेमेडेभिर प्रयोग गर्न अनुमति दिएको छ । जापान सरकारले यसै महिना अवीगन नामक अर्को औषधि कोरोना संक्रमितहरुलाई प्रयोग गर्न अनुमति दिएको थियो ।
यस सँगै कोरोनाको सघन उपचार गराईरहेका बिरामीहरुलाई सो संक्रमण बिरुद्ध रेमेडेभिर औषधि प्रयोग गर्ने जापान दोश्रो मुलुक बनेको छ । गत मे महिनाको १ तारिखमा अमेरिकाले सो औषधि कोरोना विरुद्ध प्रयोग गर्न अनुमति दिइसकेको छ ।
गत हप्ता मात्र जापानी प्रधानमन्त्री सिञ्जो आवेले कोरोना संक्रमितहरुका लागि शुभ समाचार ल्याउने औषधिको प्रयोग निकट भविष्यमा नै प्रयोग गरिने बताएका थिए ।
अमेरिकामा ईबोला बिरुद्ध प्रयोग गरिदै आएको उक्त औषधि कोरोना संक्रमितहरुमा पनि प्रभावकारी देखिएका कारण प्रयोग गर्न अनुमति दिइएको थियो ।
जापान सरकारले जापानमा नै बनेको औषधि अवीगनको प्रयोगमा पनि अनुमति दिएको छ सन् २०१४ मा निर्मित उक्त औषधि फ्लुका बेला प्रयोग गरिएको थियो ।
यो औषधि हाल बजारमा छैन । अधिकारीहरुका अनुसार उक्त औषधि उत्पादनका लागि कम्पनिले जापान सरकारको अनुमति लिनुपर्दछ । हाल सो औषधि परीक्षणकै क्रममा रहेको र यदि प्रभावकारी रहेमा उत्पादन सुरु गरिने पनि अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस