सोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन करिव २० दिन सर्वसाधारण जनताको नजर बाहिर बसे । उनको सो बसाईको उद्देश्य के थियो अथवा वास्तविकता के थियो कसैलाई थाहा छैन ।
सञ्चार माध्यमबाट उन टाढा बसेकै कारण विश्वभरका सञ्चार माध्यम उनी तिर नै एकतृत भए । कसैले मुटुको जटिल शल्यक्रिया भएको बताए, कसैले किम गम्भिर विराकी भएको बताए त कसैले किमको मृत्यु भइसकेको र खबर केही दिनमै बाहिरिने भनेर ठोकुवा सहितका समाचार प्रसारण गरे ।
विश्वभरका सञ्चार माध्यमहरुलाई गलत सावित गर्दै किम जोङ उन गत १ मे मा एक रासायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन समारोहमा सहभागी बने ।
सो भिडियो उत्तर कोरियाको सरकारी टेलिभिजनले प्रसारित गरेपछि सामाजिक सञ्जालमा भाइरल समेत भयो । अप्रिल ११ यता चुपचाप बसेको उत्तर कोरियाली सञ्चार माध्यम किमको उपस्थिति सँगै जुर्मुराएको छ ।
हालै उत्तर कोरियाको सरकारी वेवसाइटले सम्पुर्ण विदेशी र विशेषत: दक्षिण कोरियाली सञ्चार माध्यमको कटु आलोचना सहितको समाचार प्रकाशित गरेको छ ।
सो वेबसाइटमा भ्रामक समाचार सम्प्रेषण्ले जनतामा द्विविधा सृजना गरेको उल्लेख गर्दै ‘संकीर्ण सोच भएका कोरियाली सञ्चारमा झुटको समाचारको बजार’ शिर्षकमा प्रकाशित गरेको छ ।
दक्षिण कोरियाले आफ्ना सिमित सामाजिक आर्थिक तथा राजनैतिक लाभका लागि जनतामा उत्तर विरोधी भ्रम सृजना गर्न त्यस्तो झुटको खेति गरेको बताउदै त्यस्ता झुटको आयु धेरै नहुने समेत बताएको छ ।
उसले दक्षिण कोरियाले झुट समाचारलाई पनि सत्य बनाउन अनेक प्रपञ्च रचेको आरोप लगाउदै लेख्दैमा झुट सत्य सावित हुन नसक्ने चेतावनी समेत दक्षिणलाई दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस