नयाँदिल्ली– कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
मागमा व्यापक कमी आएपछि नयाँ व्यवसायहरु यस अवधिमा शुरु हुन पाएका छैनन् भने हाल सञ्चालनमा रहेका उद्योग व्यवसायबाट पनि व्यापक मात्रामा कर्मचारी कटौती गरिएका छन् ।
यहीबीच, उत्पादित वस्तुको मागलाई यथावत राख्न उद्योग प्रतिष्ठानहरुले लागत खर्च र उत्पादित सामग्रीको मूल्यमा पनि निकै कमी ल्याएका छन् ।
मार्च महिनामा ५१.८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पिएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७.४ विन्दुमा झरेको छ । भारतमा मासिक पिएमआई गणना विगत १५ वर्षदेखिको तथ्याँक विश्लेषणका आधारमा हुने गरेको छ ।
पिएमआई गणनामा समाविष्ट विज्ञहरुको समूहले कलकारखानाहरु अस्थायी रुपमा बन्द गरिएका कारण उत्पादनमै कमी आएको बताएको छ ।
कलकारखाना र व्यवसायहरु सबैजसो बन्द गरिएका कारण अप्रिल महिनामा मागमा नराम्रो असर परेको हो । विगत अढाई वर्षयता पहिलोपटक नयाँ मागमा गिरावट आएको छ । भारतीय औद्योगिक सर्भेमै पहिलो पटक सबैभन्दा तिब्र गतिमा मागमा कमी आएको हो ।
अप्रिल महिनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मागमा व्यापक कमी आएको छ । सन् २०१७ यता विदेश निर्यातमा पहिलोपटक सबैभन्दा कमजोर स्थिति देखिएको छ । मागमा कमी आएसँगै अप्रिलमा व्यापक कर्मचारी कटौती भएको छ ।
भारतीय आइएचएस पिएमआई भारतीय औद्योगिक क्षेत्रको सूचना विश्लेषण गर्ने प्रमुख सूचक हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस