सोल-गत अप्रिल ११ तारिखबाट कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित नभएका उत्तर कोरियाली तानाशाह किम जोङ उन गत मे १ तारिखमा एउटा सार्वजनिक कार्यक्रममा सार्वजनिक भएका छन् ।
२० दिनसम्म कुनै पनि कार्यक्रममा अनुपस्थित रहेकै कारण कतिपयले उनी गम्भिर विरामी परेको तथा कतिपयले त उनी मृत भइसकेको समेत बताएका थिए । विशवभर तरङ्ग ल्याएको उनको गुप्तवास भङ्ग गर्दै एका एक हसिलो मुद्रामा किम सार्वजनिक भएका छन् ।
यौटा रासायनिक मल उत्पादन गर्ने प्लान्टको उद्घाटन समारोहमा रिवन काट्दै किम २० दिन पश्चात सार्वजनिक भएका हुन् । रिवन काट्ने काम पश्चात उनले प्लान्टको अवलोकन भ्रमण गरेको भिडियो उत्तर कोरियाली सञ्चार माध्यमहरुमा देखाइएको थियो ।
किम सार्वजनिक भए पश्चात सुरुमा प्रतिकृया दिन अस्विकार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ट्वीटर मार्फत किम जोङ उनको पुनरागमनले आफूलाई खुसी तुल्याएको प्रतिकृया दिएका छन् । उनले भनेका छन्– ‘किमको पुनरागमनले मलाई एकदमै हर्षित तुल्याएको छ र उनी पूर्ण स्वस्थ छन् ।’
किमको पुनरागमन पश्चात अमेरिकि विश्लेषकहरुले निशश्त्रीकरणको मुद्धालाई अगाडी बढाउनु पर्नेमा जोड दिन थालेका छन् ।
अधिकारीहरुका अनुसार उत्तर कोरिया सँग भएका न्युक्लियर हतियारहरुबारे वार्ता गरि उसलाई त्यस्ता हतियारहरुको प्रयोग बाट रोक्न तत्काल पहल गर्नुपर्ने मा अमेरिकी अधिकारीहरुले जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस