सोल-कोरोना भाइरसको संक्रमणका कारण दक्षिण कोरियामा काम गर्ने कर्मचारीहरुको तलव सुविधामा कटौति गरिएको छ ।
हालै सम्पन्न गरिएको एक अध्ययन सर्वेक्षण अनुसार हरेक १० जनामा ५ जनाको तलव सुविधामा कटौती गरिएको छ ।
सेवामुलक उद्योगहरुमा काम गर्ने आंशिक कर्मचारी तथा न्युन आय भएका कर्मचारीहरुको तलव सुविधामा कटौति भएको पाइएको उक्त सर्वेक्षणले जनाएको छ ।
पव्लिक वकर्स सोलिडारिटी फाउण्डेशनले गत अप्रिल १४ देखि २० तारिख सम्म सञ्चालन गरेको उक्त सर्वेक्षणमा १ हजार जनाले भाग लिएका लिए जस मध्ये करिव ४८ प्रतिशत सहभागीहरुले कोरोना संक्रमण पश्चात आफ्नो आय घटेको प्रतिकृया दिएका थिए ।
उक्त सर्वेक्षणमा ४ सय जना अस्थायी करारका कर्मचारीहरु थिए भने ६सय जना स्थायी कर्मचारीहरु रहेका थिए । ति सहभागीहरु मध्ये करिव ५ सय जना कार्यालयमा काम गर्नेहरु रहेका थिए भने १७८ जना उद्योगमा काम गर्ने मजदुर, २९९ जना सेवा उद्योग तथा २३ जना अन्य क्षेत्रमा काम गर्नेहरु रहेका थिए ।
सर्वेक्षण अनुसार करारमा काम गर्ने करिव ६५ प्रतिशत कर्मचारीहरुको तलव सुविधा कटौति गरिएको थियो भने सरकारी कर्मचारीहरु मध्ये ३५ प्रतिशतको तलव सुविधा कटौति गरिएको थियो ।
आयश्रोतका हिसावले करिव ७०.२ प्रतिशत १५ लाख आर्जन गर्नेहरुको तलव सुविधा कटौति गरिएको थियो भने २४.४ प्रतिशत ५० लाख तलव आर्जन गरिएका हरुको तलव सुविधा कटौति गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस