सोल-गत अप्रिल ११ यता कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा सार्वजनिक नभएका उत्तर कोरियाली तानाशाह किम जोङ उन गत मे १ तारिखमा एक सार्वजनिक भएको समाचार उत्तर कोरियाको आधिकारिक सञ्चार माध्यमले सार्वजनिक गरेको छ । सो समाचार सार्वजनिक भए पश्चात अमेरिकाको धारणा के आउछ भन्ने धेरैको चासोको विषय पनि रहेको थियो ।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुले किम सार्वजनिक भएको बारे सोधेको प्रश्नको उत्तर दिदै हाल किम बारे कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् ।
क्याम्प डेभिड जानु अगाडी भएको पत्रकारसँगको अन्तरक्रियामा ट्रम्पले उपयुक्त समयमा किम बारे बोल्ने समेत बताएका छन् । आफुले आवश्यक परेको बेला फोनमा कुरा गर्न सक्ने पनि ट्रम्पले पत्रकारलाई बताएका छन् ।
सार्वजनिक कार्यक्रमहरुमा सहभागी नभएकै कारण सञ्चार माध्यमहरुमा उनी गम्भिर बिरामी भएको तथा कतिपय सञ्चार माध्यमहरुले त उनी मरिसकेको समेत बताएका थिए । कतिपय सञ्चार माध्यमहरुले भने किम कोरोना संक्रमणका कारण भुमिगत भएको पनि बताएका थिए ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने किममा त्यस्तो खतरा नआएको बताएका थिए । जानकारहरुले ट्रम्प राष्ट्रपति हुनु अगाडीबाट नै उनको उत्तर कोरियाली तानाशाह किम जोङ सँग व्यक्तिगत सम्बन्ध सुमधुर भएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस