सोल-उत्तर कोरियामा किम जोङ उनपछि कसले शाशन गर्ला ? यो सबैको प्रश्न हो । कतिपयले उनकी बहिनी किम यो जोङ सत्तामा आउने आँकलन गरिरहेका छन् त कतिपयले भने किमका भाई शासनमा आउन सक्ने बताइरहेका छन् । किम की बहिनी भने हाल शक्ति सञ्चयमा लागिरहेको विश्लेषकहरु बताउछन् ।
गत महिना गरिएको एक अध्ययन विश्लेषण अनुसार ३२ बर्षिया किमकी बहिनीको राजनितिक फड्को गतिलो गतिमा अगाडी बढीरहेको छ जसको प्रमाण उत्तर कोरियाको सर्वोच्च जनसभामा उनको बढ्दो प्रभाव हो । वर्कर्स पार्टीमा रगतको राजनितिको बढ्दो प्रभाव पनि किम यो जोङको राजनितिक खुड्किलो चढ्ने गतिलो आधार हो ।
फैदु क्षेत्रबाट आएको किम बंशमा किम जोङ उन सँगै उनका नाम नखुलाइएका भाइ तथा बहिनीको चर्चा उत्तिकै छ । तर बहिनी विवाहित भएका कारणले किमले बंश जोगाउन भाईलाई सत्तामा ल्याउने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउदछन् ।
किम जोङ उनका भाइ भने राजनीतिमा खासै रुचि नराखि स्वतन्त्र रुपमा जिवन बिताई रहेका सञ्चार माध्यमहरुमा जनाइएको छ । यद्यपि किमको आदेशमा उनी पनि सत्तामा आउन सक्ने विश्लेषकहरुले बताएका छन् ।
अर्कोतिर किमका काका किम प्योङ इल पनि सम्भावित उत्तराधिकारीको रुपमा खडा भएको बताइन्छ । ६५ वर्षीय किम उत्तर कोरिया संस्थापक पुस्ताको सबैभन्दा कान्छो जीवीत नेता हुन् । साथै उत्तर कोरियाका संस्थापक किम इल सङका छोरो पुस्ताका हुन् ।
जब कि, हालका शासक किम जोङ उन नाती हुन् । उनै दिवंगत संस्थापक शासक किमको १०८ औँ जन्मदिन गत अप्रिल १५ मा मनाउन सम्भव भएको थिएन । १९७० मा किम प्योङ इललाई उनका सौतेनी दाई किम जोङ इलले शासनले पन्छ्याएका थिए । १९९४ देखि २०११ सम्म उनले उत्तरको शासनसत्ता सम्हाले ।
किम प्योङ इलले हंगेरी, बुल्गेरिया, फिनल्याण्ड, पोल्याण्ड, र चेक रिपब्लिकमा उत्तर कोरियाको तर्फबाट ४० वर्ष उच्च कुटनीतिज्ञको रुपमा काम गरे । गत वर्ष मात्रै उनी उत्तर फर्किएका हुन् ।
किम २०११ म आफ्ना पिताको निधनपछि शासनमा आएका हुन् । पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आएपछि उनको उत्तराधिकारी बारे अनेक टिप्पाणी हुन थालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस