सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन हाल सिङ्गो विश्व समाचारका हेडलाईन बनिरहेका छन् । यसको एउटै कारण गत अप्रिल ११ पश्चात कुनै पनि सार्वजनिक कार्यक्रममा उनको उपस्थिति नहुनु ।
कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उनलाई ‘मृत’सम्म घोषणा गर्न भ्याए भने कतिपयले भने उनी गम्भिर विरामी परेको समेत बताएका छन् ।
दक्षिण कोरियाली एक मन्त्रीले भने एक अमेरिकी समाचार सूत्रसंग किम बारे छुट्टै तर्क गरेका छन् । उनले भनेका छन् – ‘उत्तर कोरियाली नेता किम कोरोना संक्रमण त्रासका कारण आफूलाई बचाउन सुरक्षित स्थानमा आराम गरिरहेका छन् ।’
राज्यका महत्वपूर्ण कार्यक्रमहरु एकदम गम्भिरतापूर्वक अवलोकन गर्ने तथा सहभागी हुने नेता किम १५ अप्रिलमा भएको उनका पिताको जन्मोत्सव, सैनिक दिवस लगायतका समारोहमा कोरोना त्रासकै कारण अनुपस्थित रहेको ती मन्त्रीले आंकलन गरेका छन् |
नेता किमको स्वास्थ्यलाई लिएर हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक सूचना संप्रेषण गर्दै किमको स्वास्थ्यमा कुनै खरावी नरहेको बताएका थिए |
यस पश्चात केही आशा पलाएको तथा दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन चुलले समेत त्यस्तै आसयको सूचना दिए पश्चात कोरियाली प्रायद्वीपको संकट एक चरणका लागि सुरक्षित अवतरण भएको बताईएको छ ।
यता अमेरिकी तथा कोरियाली सैनिकहरुले भने किमबारे विस्तृत अध्ययनलाई जारी नै राखेका छन् । उनीहरुले किमको रेलमाथि सूक्ष्म निगारानी राख्दै किम बारे नयाँ तथ्य ल्याउने कोसिस गरिरहेका छन् ।
सन् २०११ बाट शासन सत्तामा आए पश्चात उनले एकलौटी रुपमा राज्य सञ्चालन गर्दै आएका छन् । सैन्य तथा हात हतियारको क्षेत्रमा ठूलो फड्को मारेको उत्तर कोरियामा उनको विकल्पका बारेमा सोचिएकै छैन । उनको मृत्यु पश्चात सो विषयलाई सहि तरिकाले सम्बोधन गर्न नसकिए ठूलो विनाश हुनसक्ने भएकाले सिङ्गो विश्वको ध्यान उत्तर तर्फ मोडीएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस