सोल-उत्तर कोरियाली नेता कीम जोङ्ग उन बारे अनेक अड्कलबाजी चलिरहेको बेला त्यहाँका सरकारी सञ्चारमाध्यम केसीएनएले भने दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई पठाएको पत्र सार्वजनिक गरेको छ ।
नेता किमले दक्षिण अफ्रिकाको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिँदै राष्ट्रपति रामाफोसालाई २७ अप्रिलमा पत्र पठाएको हुन् |
नेता किम पछिल्लो दुई सातादेखि सार्बजनिक समारोहमा नदेखिएपछि उनका विषयमा विभिन्न अनुमानहरु भइरहेका बेला केसीएनएले सोमबार २७ अप्रिलमा उनले पठाएको पत्र सार्वजनिक गरेको हो ।
स्वतन्त्रता दिवसको अवसरमा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसालाई पठाएको पत्रमा भनिएको छ, ‘दुई मुलुकको मैत्रीपूर्ण सम्बन्ध अनन्तकालसम्म चलिरहने छ । दुई देशबीचको सम्बन्ध थप सुदृढ हुँदै जानेछ ।’
सोमबार नै दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनका विषयमा फैलिएका भ्रमबारे सावधानी अपनाउन आग्रह गर्दै उनी जीवित र स्वास्थ भएको दाबी गरेको थियो ।
सीएनएनसँग कुरा गर्दै राष्ट्रपति मुन जाइ-इनका परराष्ट्र नीति सल्लाहकार मुन चुङ-इनले भने, “हाम्रो सरकारको धारण स्पष्ट छ । कम जोङ उन जीवित छन् र स्वस्थ छन् । उनी १३ अप्रिलदेखि वनसनमा रहेका छन् । त्यसयता कुनै शंकास्पद गतिविधिहरु भएका छैनन् ।
किमले ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्चारमाध्यममा देखिएनन ।
त्यसको चारदिनपछि १५ अप्रिलमा भएको किमका हजुरबुबा किम यी सङको जन्मदिनमा पनि उनी उपस्थित थिएनन् । त्यो वर्षकै ठूलो उत्सव थियो, मुलुकका सर्वोच्च नेताका हजुरबुबाको जन्म दिन तर, किमको अनुपस्थिति । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस