सोल-उत्तर कोरियाली सर्वोच्च नेता यति बेला सञ्चार माध्यम बाहिर रहेका छन् । उनी कहाँ अनि के गर्दै छन् कसैलाई कुनै जानकारी छैन ।
विगत दुइ सातामा भएका महत्वपुर्ण राष्ट्रिय कार्यक्रमहरुमा अनुपस्थित रहे पछि उनी बारे अनेक टिका टिप्पणीहरु बाहिर आउन थालेका छन् । यतिसम्म की उनको मृत्यु भइसकेको समेत दावी गर्न थालिएको छ ।
यसै सन्दर्भमा दक्षिण कोरियाले भने उत्तकोरियाली सर्वोच्च नेता किम जोङ उन जीवतै र राम्रो अवस्थामा रहेको दाबी गरेको छ ।
केही दिनअघिदेखि किमको स्वास्थ्य अवस्थाका बारेमा संसारभर चलेका विभिन्न अफवाहका बीच दक्षिण कोरियाले आइतबार उनको अवस्था राम्रो रहेको जानकारी दिएको हो ।
सिएनएनसँगको कुराकानीका क्रममा दक्षिण कोरियाका राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मुन चुङ इनले यो विषयमा आफुहरुको दृढ विश्वास रहेको बताए । ‘किम जोङ जीवित र स्वस्थ छन् । उनी अप्रिल १३ देखि उत्तरकोरियाको वोनसन क्षेत्रमा बसिरहेको भन्ने छ ।’
किम गत अप्रिल १५ मा हजुरबुबा तथा उत्तरकोरियाका राष्ट्रपिता किमइल सुङको जन्मजयन्ती कार्यक्रममा उपस्थित नभएपछि संसारभर विभिन्न अड्कलहरु कटिएको थियो ।
कतिपय सञ्चारमाध्याहरुमा अफवाह फैलाउने खालका समाचारहरु समेत आएका थिए । सिएएनले नै एकहप्ता अघि अमेरिकी गुप्तचर अधिकारीहरुको भनाईलाई उदृत गर्दै किमको शल्यक्रिया भएको र उनको अवस्था गम्भीर हुँदै गएको भन्दै समाचार लेखेको थियो ।
धेरै सञ्चारमाध्याहरुले दक्षिण कोरियाबाट सञ्चालित हुँदै आएको अनलाई न्युज पोर्टल डेली एनकेको रिपोर्टलाई उदृत गर्दै किमले अत्याधिक धुम्रपान गर्ने गरेको र उनको शारीरिक बनावट पनि निकै मोटो भएकोले स्थिति गम्भीर हुनसक्ने भन्दै समाचार प्रकाशित गरेका थिए । डेली एनकेले सोही आधारमा रिपोर्ट बनाएको थियो ।
आइतबार उत्तर कोरियाको सरकारी मुखपत्र रोडोङ सिनमुनले नेता किमले सामजियोन शहरमा निर्माणको कामको अवलोकन गर्नुभएको र काम गरिरहेका मजदुरहरुलाई धन्यवाद दिएको जनाएको छ । तर सिएनएनले यस रिपोर्टबारे सत्यता पुष्टि गर्न नसकिएको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस