सोल-दक्षिण कोरियामा कोरोना संक्रमण दर केहि घट्दो क्रममा छ । संक्रमण दर घट्न थाले सँगै देशको अर्थतन्त्रलाई कसरि सवल बनाउने भन्ने बारेमा कोरियाली सरकार लागि परेको छ ।
सोही कदमलाई मूर्तरुप दिन सरकारले आपतकालीन रोजगार योजना ल्याएको छ । कोरोना संक्रमणबाट पीडितहरुका लागि सरकारले १०.१ ट्रिलियन वन बराबरको रोजगार प्याकेज घोषणा गरेको हो ।
कोरियाली अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले यस बर्ष रोजगार सृजनाका लागि छुट्याएको कुल बजेटको ४० प्रतिशत हाल करिव २८ लाख मानिसहरुलाई प्रत्यक्ष रोजगार दिने हेतुले विनियोजन गरिएको बताएका छन् । उनका अनुसार सो बजेट गत बर्षको सोही शीर्षकको बजेट भन्दा १.५ गुणा बढी हो ।
सरकारी योजना अनुसार कोरोना संक्रमणबाट गहिरो संकटमा परेका नागरिकहरुलाई प्रति महिना ५० लाख वनका दरले तीन महिनासम्म तलव दिएर रोजगारी दिने सरकारको लक्ष रहेको छ ।
यसका साथै सरकारले व्यापारीहरुलाई सुलभ कर्जा उपलव्घ गराउने र चाँडो भन्दा चाँडो देशको व्यापारलाई पुनर्ताजकी गराउने लक्ष लिएको पनि अधिकारीहरुले बताएका छन् ।
सरकारले वातावरण रक्षा, जंगल व्यवस्थापन क्षेत्रमा करिव ३ लाखलाई रोजगारी दिने, डिजिटल प्रशासन क्षेत्रमा एक लाख लाई , नयाँ अवसर सृजना गर्ने रोजगार कम्पनीलाई १ लाख ५० हजार तथा अन्य विविध क्षेत्रमा विविध संख्यामा रोजगारी सृजना गर्ने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस