सोल- लामो समयवाट कोरोना भाइरसको संक्रमणबाट गुज्रिएको दक्षिण कोरियाले अब आफ्ना नागरिकहरुको जनजिवनलाई सामान्य तर्फ उन्मुख गर्ने तयारी गर्न थालेको छ । यसको पहिलो उदाहरण उसले आफ्ना चर्चका गतिविधिहरु शुरु गर्नु ।
हालै कोरियाली सरकारले चर्चहरुमा निश्चित सावधानी अपनाएर सामुहिक कार्य गर्न अनुमति दिए सँगै राजधानी सोलमा रहेको मियोङडोङ क्याथर्डल चर्चमा करिव १५० जना भेला भएर सामुहिक प्रार्थना गरेको कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।
फेब्रुअरी २६ तारिखमा सरकारले सामुहिक जमघटमा प्रतिवन्ध लगाए यता यो नै पहिलो सामुहिक भेला भएको पनि समाचारमा जनाइएको छ । यो सँगै राजधानस् सोलका करिव २३२ वटा चर्चहरुले आफ्ना सामुहिक गतिविधिहरु सञ्चालन गर्न थालेका छन् ।
सरकारी अधिकारीहरुका अनुसार सरकारले तोकेका निश्चित मापदण्ड पुरा गरेर उनीहरुले सो चर्च खोल्न सक्दछन् । चर्च प्रवेश पूर्व तापक्रम जाँच्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने जस्ता मापदण्ड पुरा गरेर मात्र सामुहिक कार्यमा सहभागी हुन पाइने अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस