काबुल- अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा २६ तालिबान लडाकू मारिएका छन् ।
अफगानिस्तानको उत्तरपूर्वी प्रान्त कुन्दुजमा लडाकूहरु र सरकारी सुरक्षाकर्मीहरुबीचमा भएको भिडन्तका क्रममा उनीहरु मारिएका हुन् ।
घटनामा परी अरु केही घाइते पनि भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
कुन्दुज प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता हेजातुल्लाह अकबरीले २६ जनाको मृत्यु भएको र दश जना घाइते भएको पुष्टि गरेका हुन् ।
तालिवान लडाकूहरूले स्थानीय प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको उनको भनाई छ ।
“कुन्दुज प्रान्त अन्तर्गत पर्ने क्वाला आई–जाल र डास्ट आई–अर्ची जिल्लामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गरेपछि भिडन्त भएको हो,” प्रवक्ता अकबरीले भने ।
अफगानिस्तानमा केही समय अगाडि सरकारी पक्ष र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएपनि हिंसात्मक घटना भने रोकिएका छैनन् ।
त्यसैगरी विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण समेत भएको यस प्रतिकुल समयमा पनि अफगानिस्तानमा हिंसात्मक घटना भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस